Breaking News

पुटिनले किम जोङलाई भने- युक्रेनविरूद्ध उत्तर कोरियाका सेना बहादुरीसाथ लडे

Total Views : 78
Zoom In Zoom Out Read Later Print

काठमाडाैँ -रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग द्वीपक्षीय छलफल गरेका छन्। बेइजिङको सैन्य परेडमा सहभागी भएका दुवै नेताबीच बुधबार बिहान दियाओयुताइ होटलमा द्वीपक्षीय भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले किम जोङलाई आफूहरूबीच मित्रवत सम्बन्ध रहेको बताएका छन्।युक्रेनविरूद्धको लडाइँमा उत्तर कोरियाले रूसलाई गरेको सहयोगप्रति पति पुटिनले आभार प्रकट गरेको भनेर बिबिसीले लेखेको छ।त्यस्तै उनले कर्स्क क्षेत्रमा उत्तर कोरियाली सेनाहरू युक्रेनविरूद्ध बहादुरीका साथ लडेको किम जोङलाई बताए। उत्तर कोरियाले रूसलाई युक्रेनविरूद्धको लडाइँमा सहयोगका लागि १० हजार भन्दा बढी सैनिकहरू पठाएको थियो। कुर्स्क क्षेत्रमा रूसले उत्तर कोरियाकै सेनालाई अग्रभागमा खटाएको थियो। जसकारण हजारौं उत्तर कोरियाली सैनिकहरुले ज्यान गुमाएको भन्ने रिपोर्टहरू सार्वजनिक भएका थिए।

जबाफमा किम जोङले उत्तर कोरियाली सेनाको प्रशंसा गरेकामा पुटिनलाई धन्यवाद दिए। उनले रूसलाई अझै सहयोग गर्न कोरिया तयार रहेको पनि बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यसलाई किम जोङले एउटा भाइले अर्को भाइलाई गर्ने सहयोग भनेका छन्। किम जोङले रूस र उत्तर कोरियाबीच अरू धेरै विषयमा साझेदारीको सम्भव रहेको र त्यसका लागि तयारी रहेको पनि पुटिनलाई बताएका छन्। बेइजिङमा सैन्य परेडअघि पनि किम जोङले पुटिनसँग भेट गरेका थिए।त्यस क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि एकै लहरमा थिए। तीन नेताहरू एकै मञ्चमा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि टिप्पणी गरेका छन्। ट्रम्पले बेइजिङ परेडलाई अमेरिका विरूद्धको षड्यन्त्र पनि भनेका छन्।

See More

Latest Videos