काठमाडाैँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेविरूद्ध काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक हुने भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले शुक्रबार बिहानै अदालतमा मुद्दा दायर गरेको हो।कार्यालय समयअगावै मुद्दा दर्ता भएको अवस्थामा पेसी राखिएको हो।
रास्वपा नेता अरनिको पाँडेविरूद्ध अदालतमा मुद्दा दर्ता, न्यायाधीश कार्कीको इजलासमा थुनछेक
Total Views :
66
उनको मुद्दा न्यायाधीश कार्कीको इजलासमा राखिएको छ।उक्त इजलासमा सुरूमा बयान हुनेछ। बयान सकेर थुनछेक बहस हुनेछ।बहस सकेपछि न्यायाधीश कार्कीले उनलाई पुर्पक्षको लागि धरौटीमा छाड्ने वा थुनामा राख्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे आदेश दिनेछन्। पाँडे बुधबारदेखि साइबर ब्युरोको हिरासतमा छन्।उनीविरूद्ध एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै जाहेरी दिएकी थिइन्। उनीविरूद्ध साउन १२ गते साइबर ब्युरोमा निवेदन परेको थियो। भदौ ५ गते पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको थियो।