Breaking News

सुनको मूल्य तोलाको दुई लाख नाघ्यो

Total Views : 62
Zoom In Zoom Out Read Later Print

काठमाडाैँ -स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १२ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको थियो।

 सुनको मूल्य यो हालसम्मकै उच्च हो।  त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ।  महासंघका अनुसार बिहीबार २३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार २३ सय ६० रूपैयाँ पुगेको छ।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४०८.९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

See More

Latest Videos