काठमाडाैँ -सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन्। बुधबार प्रतिनिधि सभामा राप्रपा सांसद कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउनका लागि कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरेको विषयमा बोलेकी थिइन्।
राप्रपा सांसद कार्कीले 'खाली कागजमा हस्ताक्षर गर्ने कस्तो सांसद' भनेपछि सूर्य थापाको नियमापत्ति
उनले भिजिट भिसामा मान्छेलाई पठाएर गृहमन्त्रीले ठगी धन्दा गर्दा कारबाही नभएको तर सिफारिस मात्रै गर्दा उपसभामुखलाई महाभियोग लगाउन खोजेको बताएकी थिइन्।
उपसभामुखले सिफारिस मात्रै गरेको त्यो पनि के का लागिरु समय अगाडि सार्नका लागि गरेको सिफारिस थियो। त्यसमा उहाँलाई महाभियोग लगाउने सम्मको कुरा गरियो,उनले भनिन्, खाली कागजमा हस्ताक्षर गराउने कस्तो पार्टीरु हस्ताक्षर गर्ने कस्ता सांसदरुधिक्कार छ। ुसांसद कार्कीको उक्त भनाइप्रति एमाले सांसद थापाले नियमापत्ति जनाएका थिए। उनले प्रतिनिधि सभा नियमावली २१९घ० अन्तर्गत नियमापत्ति जनाउँदै आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण, अपमानपूर्ण अभिव्यक्तिलाई सभामुखबाट निषेधित गर्नुपर्ने बताए। कस्ता सदस्य भनेको रेकर्डबाट हटाउनुपर्छ। मण्डलेतन्त्रविरूद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताका प्रतिनिधि हौं। जनताबाट निर्वाचित हौं। कस्ता कागजमा सही गर्छौं यो हामी जानेर, बुझेर सही गर्छौं,ु उनले भने।