Breaking News

१७ हजारका नामले माओवादीलाई अझै पनि बदनाम गर्दैछन्: प्रचण्ड

Total Views : 70
Zoom In Zoom Out Read Later Print

काठमाडाैँ -नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) ले १७ हजारका नामले माओवादीलाई अझै पनि बदनाम गर्ने कसरत भइरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार भएको कार्यक्रममा बोल्दै उनले अझै पनि माओवादीको बदनाम गर्नका लागि १७ हजार भन्ने गरिएकोमा असन्तुष्टि जनाए। ‘हामीलाई अहिले पनि बदनाम गर्ने कसरत गरिरहेका छन्। १७ हजार तपाईं हामीले सुन्ने गर्दछौँ। हामीले हालै महान शहीदलाई जुन स्तरबाट सम्मान गर्नुपर्दथ्यो त्यसमा केही त्रुटि गर्‍यौं। हाम्रा शहीद परिवारका दुःख पीर, मर्का जति नजिकबाट हुर्नपर्ने थियो, त्यसमा र हाम्रा वर्ग समुदाय जसको बलमा क्रान्तिमा अघि बढेर यहाँसम्म आइपुगेका हौँ, हाम्रा विचार र राजनीतिक मुद्दामा कहीँ न कहीँ कमजोरी गर्‍यौँ भन्ने समीक्षा गरिएको छ।

त्यही निष्कर्षको आधारमा अहिले हामी फेरि एक पटक हाम्रो वर्गतिर नै जोडिने, शहीद बेपत्ता परिवारहरुसँग नै जोडिने र विचार र मुद्दातिर नै जोडिने संकल्पसहित अघि बढिरहेका छौँ,’ उनले भने । उनले पार्टी बैठकहरूमा प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध महान शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्कोु गरेको पनि बताए।‘फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौं,’ उनले भने। अध्यक्ष दाहालले पार्टी विभाजन गर्नका लागि अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि बताए।

See More

Latest Videos