Breaking News

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँ

Total Views : 71
Zoom In Zoom Out Read Later Print

काठमाडौं । संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्दैँछ । शुक्रबार प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति गरि चार समितिको बैठक बस्न लागिएको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको १२ः३० बजे बस्ने तय भएको छ । साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफललाई निरन्तरता दिने कार्यसूची रहेको छ भने बैठक दिनको २ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो ।  यसैगरि, १ बजे बस्न लागेको विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजेको लागि तय भएको छ । 

See More

Latest Videos