Breaking News

अर्को सिजनको आइपिएल खेल्नेबारे धोनी- निर्णय गर्न चार-पाँच महिना बाँकी

Total Views : 113
Zoom In Zoom Out Read Later Print

काठमाडाैँ -महेन्द्रसिंह धोनीले आगामी सिजनको आइपिएल खेल्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

आइतबार शीर्ष स्थानको गुजरात टाइटन्सलाई पराजित गरेपछि चेन्नईका पूर्वकप्तान विकेटकिपर ब्याटर धोनीले आफ्नो खेल जीवनको भविष्यबारे खुलेर कुरा गरेका हुन्।धोनीले आफ्नो आइपिएल करियरलाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय गर्न ‘चार(पाँच महिनाको समय’ लिने बताए।दुई महिनापछि ४४ वर्ष पूरा हुने धोनीले आफ्नो भविष्यबारे कुरा गर्दै भने, ‘म अहिले नै हतार गर्दिनँ। म मेरो शारीरिक अवस्थालाई मूल्यांकन गर्छु र अर्को सिजन नजिकै आएपछि निर्णय लिन्छु।’उनले टोली व्यवस्थापन र प्रशंसकहरूलाई धन्यवाद दिँदै यो सिजनमा टोलीले सामना गरेका चुनौती पनि उल्लेख गरे। टोलीलाई चोट र अस्थिर प्रदर्शनले सताएको थियो, जसका कारण टोली प्लेअफमा पुग्न सकेन। सिजनको अंक तालिकाको पुछारमा रहेको चेन्नईले १४ मध्ये चार खेलमा मात्र जित निकाल्न सफल भयो।

See More

Latest Videos