Breaking News

अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह

Total Views : 340
Zoom In Zoom Out Read Later Print

काठमाडौं - अभिनेत्री तथा मोडल नीति शाहले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् ।

कानूनी विवाहपछि अनलाइनखबरसँग कुरा गर्दै नीतिले आफूले तामझामबिनै विवाह गर्ने पहिल्यैदेखिको योजना रहेको बताइन् । ‘लो(कीमा कुनै तामझामबिना विवाह गर्ने योजना थियो’ उनले भनिन् ।न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेकी हुन् ।राणा पेशाले एरोस्पेस इन्जिनियर हुन। यी दुईजना झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् । याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका थिए ।‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’बाट फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो । उनी अभिनित आगामी फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।

See More

Latest Videos