Breaking News

क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् ः प्रथम राष्ट्रपति

Total Views : 228
Zoom In Zoom Out Read Later Print

क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् ः प्रथम राष्ट्रपति

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादबले नेपाल पछिल्लो समय क्रिकेटमा उदाउँदै गइरहेको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेको बताएका हुन् ।उनले भने, ‘पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान, आस्था स्थापित गर्न सफल भएको छ । क्रिकेटले मानिसहरुको संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधताले जोड्ने कडिको रुपमा काम गर्न सहज गरेको छ ।’

साथै उनले क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध बनाउन मद्दत पुर्याएको बताए । क्रिकेटले देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास उनले लिए ।कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष डुजाङ शेर्पाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सन्देश फैलाउन, संस्कृति र विद्यार्थीहरुको प्रतिभा प्रोत्साहन गर्नका लागि प्रतियोगिताले सन्देश प्रवाह गर्ने बताए ।  

See More

Latest Videos