१३ माघ २०८१, आइतबार आज आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । मध्य दिनपछि मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१३ माघ २०८१, आइतबार आज रमणीय र सुखद् यात्राको योग छन् । गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको सुखमा रमाउने समय छ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१३ माघ २०८१, आइतबार आज चिताएको कामले तीव्रता लिनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । शेयरबजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भोलेबाबालाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
१३ माघ २०८१, आइतबार आज शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । शुभकार्यको चर्चा पनि चल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१३ माघ २०८१, आइतबार आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने छ । आफ्नो विचार विपरीत निर्णय हुनसक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । सरकारी निकायको भय रहला । आर्थिक कारोबारमा विवाद आउनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१३ माघ २०८१, आइतबार आज नयाँ रोजगारको अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१३ माघ २०८१, आइतबार आज धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । पुनर्मिलनको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ समाचार सुन्न पाइएला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१३ माघ २०८१, आइतबार आज पार्टी तथा सेमिनारमा सहभागी भइएला । तपाईंको आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नेछ । रोकिएको वैदेशिककार्य अघि बढ्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जोशजाँगर र हिम्मत पनि बढ्न सक्छ । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीकृष्णलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१३ माघ २०८१, आइतबार आज लेनदेनमा दुबिधा उत्पन्न हुनेछ । बन्न लागेको काम बिग्रनसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । बोल्दा विचार पुर्याउनुहोला । साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१३ माघ २०८१, आइतबार आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । रमणीय र सुखद् यात्राको योग छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । नयाँ व्यक्तिबीच सामीप्यता बढ्नेछ । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१३ माघ २०८१, आइतबार रमणीय यात्राको योग छ । समाचारले तपाईंको हौसला बढाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । पुँजीबजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर साँझमा केही पैसा खर्च हुन सक्छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१३ माघ २०८१, आइतबार आज विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि प्रगाढ हुँदै जानेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।